१३ कार्तिक २०८३, शुक्रबार

जसपाले उच्च तहमा राजनीतिक संवाद गर्ने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालले उच्च तहमा दलहरुसँग छलफल गर्ने भएको छ ।

बिहीबार बसेको पार्टीको पदाधिकारी बैठकले पछिल्लो राजनीतिक अवस्थाका बारेमा राजनीतिक दलहरुसँग उच्च तहको संवाद गर्ने भएको पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जनाएका छन् ।

उनका अनुसार जसपाको पदाधिकारी बैठकले वर्तमान राजनीतिक संकटको अग्रगामी निकास र आफ्नो पार्टीका आधारभूत मान्यताबारे सबै राजनीतिक दलसँग उच्च तहमा संवाद गर्ने निर्णय गरेको हो ।

त्यस्तै, सोही दलका भट्टराईसहितका शीर्ष नेताहरुलाई आजै साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलका लागि बालुवाटार बोलाएका छन् ।