– सन्तोष काफ्ले
धरान, १७ चैत । लागुऔषध र घरेलु हतियार सहितलागु औषधको कारोबारमा संलग्न ३ जनालाई धरान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले धरान ८ स्थित विकराज लिम्बुको घरमा भण्डारण गरिएको लागु औषध सहित विकराज कारोबारीलाई पक्राउ गरेका हो । प्रहरीले लिम्बु सहित सुनसरीको झुम्काका जीवन चौधरी, र धरान ८ कै रितेश राई लाई समेत पक्राउ गरेको छ ।
लिम्बुको घरवाट एक थान तरवार सहित स्पास्मो प्रोक्सिवन ४३२ थान, नाइट्रोसन ४५ थान र कोरेक्स ५ वोटल बरामत गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायव उपरीक्षक सुदमकुमार सिजापतिले वताए ।
लामो समय देखी आफ्नै घरमा भण्डारण गरी लिम्बुले लागुऔषध बिक्री गर्देै आएको सुराकीको आधारमा उनीहरुलाई पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले पक्राउ गरेको डिएसपी सिजापतिले जानकारी दिए ।
पक्राउ परेका चौधरी भारतको जोगबनी र विरपुरबाट लागुऔषध ल्याउने गरेको र लिम्बु र राईले धरानमा बिक्रि गर्ने गरेको प्रहरीको दाबी छ । उनीहरुलाई लागु औषध नियन्त्रण ऐन अन्तर्गत कारबाही बढाइने डिएसपी सिजापतिले बताए ।
लागु औषध सहित पक्राउ परेका दुबै जनालाई प्रहरीले मंगलबार नै सार्वजनिक गरेको छ । साथै इलाका प्रहरी कार्यालय धरानले गत फागुन २४ गते देखिहाल सम्म विभिन्न २७ शिर्षकमा ३६ जनामाथि मुद्दा चलाएको जानकारी दिएको छ ।
सबै भन्दा वढी सार्वजनिक ऐन अन्तर्गत १९ जना, लागु औषधमा ८ जना, विष्फोटक पदार्थ, हातहतियार तथा खरखजना ऐन अन्तर्गत ४ जना, बहुविवाहमा २ जना, जबरजस्ती करणीमा १ जना र जबरजस्ती करणी उद्यँेगमा १ जनालाई मुद्दा चलाइएको डिएसपी सिजापतिले जानकारी दिए ।















प्रतिक्रिया