
काठमाडौँ, २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनः गठनको तयारी गरेका छन् ।
सर्वोच्च अदालतको फैसलाका कारण नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएसँगै केही मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्न खोजेका हुन् ।
एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले मन्त्रीहरु हेरफेरको कुराकानी भइरहेको बताए ।
स्रोतका अनुसार जसपाका नेताहरुलाई मन्त्रि बनाउने तयारी गर्न लागे पनि जसपाले सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्नेबारे दुई धारमा विभाजन भएको छ ।
जसपाको निर्णय नआए पनि स्वास्थ्यमन्त्री हृदेयस त्रिपाठीलाई परिवर्तन गरेर नयाँमा बामदेव गौत्तमलाई मन्त्री बनाउन लागिएको जनाएको छ ।
२०७४ फागुन ३ गते केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको थियो ।














प्रतिक्रिया