
काठमाडौँ, २६ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब ३ हजारको परीक्षण गर्दा गत २४ घण्टामा थप १०४ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ९ सय ७३ जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ६३ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ७० हजार ५० जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ९ सय ११ जना रहेको छ ।
२४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १२ जना पुगेको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा २२ लाख ३ हजार ४ सय ३८ जनाको पीसीआर परीक्षण भइसकेको छ ।














प्रतिक्रिया