
काठमाडौँ, २६ फागुन । काँग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्न गरेको अफर अस्वीकार गरेका छन् ।
प्रमुख प्रतिपक्षी दलका सभापति देउवालाई फकाउन पुगेका प्रचण्ड असफल भएका छन् ।
देउवाले कम्युनिष्ट र विशेषगरी प्रचण्डको भर नहुने भन्दै आफूले प्रधानमन्त्री नबन्ने स्पष्ट पारे ।
आफ्नै निवास बुढानीलकण्ठमा कांग्रेस सम्बद्ध आदिवासी जनजाति नेताहरूसँग भेटमा आफ्नो उद्देश्य पार्टी सभापति हुनुमात्रै रहेको र प्रधानमन्त्री बन्न रुचि नभएको बताए ।
‘मलाई प्रधानमन्त्रीसँग मतलब छैन र यिनीहरुको (कम्युनिष्ट) विश्वास छैन । अहिले जसरी पनि सभापति हुने हो, महाधिवेशनबाट एकपटक पार्टी फेरि हाँक्ने हो ।’
त्यस्तै, सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव कार्यमा पनि आफू नलाग्ने प्रस्ट पारे ।
नेपालको पछिल्लो राजनीतिक घटनाक्रमसँगै पार्टीका नेताहरुको भेटघाट र छलफल तीव्र बनेको छ ।














प्रतिक्रिया