
काठमाडौँ, २६ फागुन । सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अब यही सरकार दुई वर्ष टिकाउनुपर्ने बताएका छन् ।
खनालले अब आफ्नो पार्टी एमालेको सरकार जोगाउने प्रयासमा लाग्ने प्रतिक्रिया दिए ।
वुधबार संसद बैठक सकिएर निस्कने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
खनालले भने, ‘हामी अब एमाले भयौं । संसदमा विभिन्न राजनीतिक खेलहरु हुनेछन् । म एमालेको वरिष्ठ नेताको हैसियतले भन्नुपर्दा अब हाम्रो पार्टी सरकार जोगाउनेतिर लाग्छ ।’
उनले यो सरकारले दुई वर्षको कार्यकाल राम्रोसँग पुरा गर्नुपर्ने बताए ।
त्यस्तै, उनले वामपन्थी एकताका लागि भने अझै प्रयास गर्नुपर्ने बताए ।














प्रतिक्रिया