१३ कार्तिक २०८३, शुक्रबार

नेपाल पक्षले बोलायो केन्द्रीय सदस्यको भेला, के होला छलफल ?

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ फागुन । नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षले छुट्टै भेला बोलाएको छ ।

सर्वोच्च अदालतको फैसलापछि एमाले ब्युँतिएसँगै नेपाल पक्ष एमालेमा फर्केपछि केन्द्रीय सदस्यहरुको भेला बोलाएको हो ।

नेता नेपाल, झलनाथ खनाललगायत एमालेमा आएपनि अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका छैनन् ।

त्यस्तै, उता अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङसहितका नेताहरूले माओवादी केन्द्रबाट आएका नेताहरुलाई उचित व्यवस्थापनका निम्ति निर्णय गर्दैछन् ।

नेपाल पक्षले वुधबार अपरान्ह ४ बजे आफ्नो समूहका केन्द्रीय सदस्यहरूलाई बानेश्वरको अर्याल होटलमा बोलाएको स्रोतले जनाएको छ ।

बैठक अनौपचारिक भएको र कसरी पार्टीमा प्रस्तुत हुनेबारे केन्द्रीत हुने बताइएको छ ।

कतिपय नेताहरुले भने प्रधानमन्त्री ओलीविरुद्ध जथाभावी बोल्ने तथा हटाउने खेलमा लागेका नेताहरुले आत्मालोचना गरेर पार्टीमा आउनुपर्ने बताएका छन् भने कतिपयले सबै तिक्तता बिर्सेर अघि बढ्नुपर्ने बताउँदै आएका छन् ।