३ कार्तिक २०८३, मंगलबार

मन्त्रिपरिषदको आकस्मिक बैठक: डा केसीको अनशन फिर्ता गराउन लचक हुने निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cabinate_meeting_of_nepal
फाइल फोटो

काठमाडौँ, १७ चैत । सरकारले त्रिभुवन शिक्षण अस्पतालका अनशनरत चिकित्सक गोविन्द केसीको मागमा लचक हुने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले कानुनसम्मत रुपमा लचिलो भएर डा केसीका मागलाई सम्बोधन गरी उहाँको अनशन फिर्ता गराउने निर्णय गरेको हो ।

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले डा. केसीका कानुनसम्मत माग सम्बोधन गर्न सरकार तयार रहेको जानकारी दिनुभयो । डा केसीको मागका सम्बन्धमा वार्ता गर्न यसअघि शिक्षा मन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र मुख्यसचिव रहेको वार्ता समिति गठन गरिएको थियो ।