३ कार्तिक २०८३, मंगलबार

कञ्चनपुरको बेल्डाँडीमा एम्बुलेन्स सेवा सञ्चालन हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ambulanceमहेन्द्रनगर, १७ चैत । संसदीय विकास कोषको सहयोगमा कञ्चनपुरको बेल्डाँडीमा एम्बुलेन्स सेवा सुरु गरिने तयारी थालिएको छ ।

सडक तथा स्वास्थ्य क्षेत्रबाट पिछिडिएको बेल्डाँडीमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को संसदीय विकास कोषको रकमबाट एम्बुलेन्स सञ्चालन गर्ने तयारी थालिएको हो ।

नेपाली काँग्रेस क्षेत्रीय सभापति तथा क्षेत्र नम्बर १ का संसद विकास संयोजक हरेन्द्र विष्टले छिट्टै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार क्षेत्र नम्बर १ का संविधानसभा सदस्य दिवानसिंह विष्टले एम्बुलेन्स खरिदका लागि रकम आफ्नो नामका अख्तियारी मागेका छन् । चालु आर्थिक वर्ष भित्रै एम्बुलेन्स खरिद गरि प्राथामिक स्वास्थ्य केन्द्र बेल्डाँडीलाई हस्तान्तरण गरिने क्षेत्रिय संयोजक विष्टले बताए ।

‘बेल्डाँडी प्राथामिक स्वास्थ्य केन्द्रमा एम्बुलेन्स खरिदका लागि जिल्ला विकास समितिका रकमको अख्तियारी आएको छ ।’,उनले भने ‘केही दिन भित्रै रकम निकासा गरेर एम्बुलेन्स खरिद गछौँ ।’

स्थानियहरुको माग र निर्वाचनका बेला संविधान सभा सदस्य दिवान सिह विष्टले बेल्डाँडीका जनतासामु गरेका बाचा पुरा गर्न समेत एम्बुलेन्स दिन लागेको संयोजक विष्टको भनाई छ ।

प्राथामिक स्वास्थ्य केन्द्र बेल्डाँडीमा एम्बुलेन्स नहुँदा सो क्षेत्रका बिरामीहरु मर्कामा परेकोले स्थानियहरुले क्षेत्र नम्बर १ का सविधान सभा सदस्य दिवान सिह विष्टलाई एम्बुलेन्सको माग गरेका थिए ।

बेल्डाँडीका स्थानियहरुले विगत देखी संविधान सभा सदस्य लगायत सरोकारवालाहरुलाई एम्बुलेन्स खरिदका लागि माग परेपछि लामो समय पछि एम्बुलेन्स आउने भएपछि स्थानियहरु हर्षित भएका छन् ।

बेल्डाँडीमा एम्बुलेन्स भएपछि साविक रामपुरको ९, बेल्डाँडी र रोतेलिविचुवाका स्थानियहरु प्रत्यक्ष लाभान्वित हुने छन् ।