३ कार्तिक २०८३, मंगलबार

पाल्पामा महिलाहरुका लागी ३ महिने हार्डवेयर तालिम सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

photo news– सुशिल नेपाल 

पाल्पा १७ चैत । महिलाहरुका लागि ३ महिने जुनियर कम्प्युटर हार्डवेयर तालिम मङगलबारबाट तानसेनमा सुरु भएको छ ।

विश्व बैंक र नेपाल सरकार शिक्षा मन्त्रालय, ब्यबसायिक शिक्षा तथा तालिम अभिबृद्धि परीयोजना इभेन्टको आर्थिक सहयोग र जयन टेक्निकल कलेज अफ टेक्नोलोेजी प्रालीको आयोजनामा भएको हो ।

पेन्टागन ट्रेनिङ इन्टिच्युटको कार्यालयमा सुरु भएको तालिममा २० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको छ ।

तालिमकोे उद्घाटन गर्दै प्रमुख अतिथी तथा जयन टेक्निकल कलेज अफ टेक्नोलोजी प्रा.ली पाल्पाका प्रमुख माधव बस्यालले तालिम अबधीभर अनुशासित भई सिक्न र तालिममा सिकेका कुरालाई व्यबहारमा उतार्न सम्पूर्ण प्रशिक्षार्थीहरुलाई आग्रह गरे ।

विशिष्ट अतिथी प्रशिक्षक दिपक भट्टराईले कार्यक्रमको स्वागत गर्दै कार्यक्रममाथि प्रकाश पारे ।

पेन्टागन ट्रेनिङ इन्स्टिच्युटका प्रबन्ध निर्देशक कृष्ण पौडेलको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सुमन गैरेले गरेका थिए । तालिममा भरत पौडेल र दिपक भटराईले प्रशिक्षण दिनेछन् ।