२९ आश्विन २०८३, बिहिबार

भारतीय ओलम्पिक तेक्वान्दो खेलाडीको विश्व रेकर्ड उज्ज्वल ठकुरीले तोडे

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डिसी महानगर क्षेत्र, २३ फागुन । ओलम्पिक खेलका लागि छनोट भएका भारतका ताइवान्दो खेलाडी र नायक साई दीपक पटेलले गरेको विश्व कीर्तिमानलाई नेपाली युवाले तोडेका छन् ।

‘फांगकार्य’ फांग काताका निर्माता उज्ज्वल ठकुरीले गत महिना उक्त रेकर्ड तोडेर आफ्नो नाममा नयाँ कीर्तिमान कायम गरेका हुन् । यो कीर्तिमानसँगै ठकुरीले नेपालको नाम पुनः एकपटक विश्वमाझ चिनाएका छन् ।

उज्ज्वल ठकुरीले ६ किलोग्रामको वजन खुट्टामा बाँधेर ४ फिट माथि लात हान्न प्याड समाउन लगाएर ३ मिनेटमा १४३ लात्ती (किक)हानेर चकित पारिदिएका छन् । यो अचम्मित प्रहार भारतको ओलम्पिक तेक्वान्दो खेलाडी भन्दा लगभग दुई गुना प्रहार गरी विश्व रेकर्ड (कीर्तिमान) उपाधि हासिल गरेका छन् ।

भारतको तेक्वान्दो युवा खेलाडी नायक पटेलले २०१९ मा ५ किलो खुट्टाले बोकी ३ मिनेटमा ८३ किक हानेर विश्व कीर्तिमान बनाएका थिए । तर, यो उपाधि अब अमेरिकाबाट २०२१ मा उज्ज्वल ठकुरीले उक्त कीर्तिमान तोडेका छन् ।

नयाँ विश्व कीर्तिमान स्थापित गर्न उज्ज्वल ठकुरीले ३ वर्षसम्म खुट्टा र लात हान्ने व्यायाम शुरू गरेका थिए । परीक्षणको क्रममा पहिलो एक वा दुई महिना ठकुरीलाई कम्मरमा समस्या उत्पन्न होला जस्तो ठाने । तर उनले लगनशीलताका साथ आफ्नो अभ्यास प्रणालीलाई निरन्तरता दिए ।

त्यति मात्र मात्र होइन, विश्व कीर्तिमान ठकुरीले उही भारतीय ओलम्पिक खेलाडी साई दीपक पटेलले सन् २०१७ मा गरेको विश्व किर्तिमान माथि ३ मिनेटमा ४ फिट माथि १७५ घुँडा प्रहार बनाएको विश्व किर्तिमान समेत तोडी सकेका छन् ।

खेलाडी ठकुरीले २०१८ मा ३ मिनेटमा २२६ घुँडा प्रहार गरेर रेकर्ड तोडेका थिए । तत्कालिन समयमा पनि ठकुरीले भारतीय ओलम्पिक खेलाडीलाई ५१ अतिरिक्त किक प्रहार गरेर विश्व कीर्तिमानको उपाधि हात पारेका थिए ।

अर्को शब्दमा ठकुरीले भारतीय ओलम्पिक खेलाडीको घुँडा प्रहार र किकको दुई बलियो कीर्तिमान खोसिदिएका छन् । ठकुरीद्वारा सम्पन्न सम्पूर्ण विश्व कीर्तिमान मात्र मार्शल आर्टसँग सम्बन्धित छ । उनको अर्को प्रयास अझै जारी छ ।

उनको सपना मार्शल आर्टमा १० वटा विश्व कीर्तिमान राखेर नेपाल र अमेरिका दुबै देशको नाम बिश्वको शिखरमा पुराउने रहेको छ । ठकुरी एक मात्र यस्ता नेपाली कराते खेलाडी हुन् जस्ले संयुक्त राज्य अमेरिकामा मार्शल आर्टमा एक नेपालीको रूपमा र आप्रवासी समुदायको एक हिस्साको रूपमा यति उच्च विश्व कीर्तिमान हासिल गरेका छन् ।

ठकुरीको अन्य विश्व कीर्तिमानहरू पनि खतरनाक छन । उनले मेरो अभिलेख तोड्न गाह्रो छ तर जसले यसलाई भत्काउँछ उ वास्तवमै नायक हो र म उसको सम्मान गर्दछु भनि बताए ।

अब ठकुरीको अर्को उद्देश्य भनेको पाकिस्तानी ताइक्वान्दो खेलाडी मोहम्मद रशीदको कीर्तिमान तोडेर उपाधि जित्नु हो । केवल अर्को समाचारका लागि प्रतीक्षामा रहन उनले आग्रह गरेका छन् ।

ठकुरीको प्रतिबद्धता यो कृतिमान भंग गरेरै छोड्ने उनको भनाइ छ । खेलकुदको इतिहासमा तीन देशको विश्व कीर्तिमान तोड्ने नाम उज्ज्वल शर्मा ठकुरीको रहने छ ।

ठकुरीले ह्याट्रिक बनाउने लागेको लक्ष्य तर्फ अग्रसर छन् । उनको यो कीर्तिमान २० अक्टोबर २०२० मा तोडिएको भए पनि गिनिज वर्ल्ड रेकर्डले कोरोना महामारीको कारण प्रमाणपत्र हालसालै मात्र प्राप्त गरेका हुन् ।