भक्तपुर, १७ चैत । निःसन्तान महिलालाई तान्त्रिक विधिद्वारा छोरा जन्मने बनाइदिन्छु भन्दै बलात्कारको प्रयास गर्ने तान्त्रिक ‘बाबा’ पक्राउ परेका छन् ।
महिनावारी हुँदा दुखेको पेट, कम्मर र ढाड निको पार्छु भन्दै अर्का एक किशोरीलाई बलात्कारको अभियोग लागेका अर्का तान्त्रिक भने फरार छन् । महानगरीय प्रहरी परिषर भक्तपुरले दोलखा, श्यामा-७ घर भई भक्तपुर नगरपालिका-१७ सल्लाघारीमा बस्दै आएका तान्त्रिक प्रेमबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरी पत्रकारलाई जानकारी दिएको छ ।
प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले सन्तान नभएकी ती महिलालाई छोरा जन्मने बनाइदिन्छु भन्दै तान्त्रिकले बलात्कारको प्रयास गरेका थिए । यसअघि पनि धेरै महिलाले त्यही तान्त्रिकले दिएको औषधि खाएर छोरा भएको बताएपछि उनी आफन्तकै माध्यमबाट ती तान्त्रिककहाँ पुगेको प्रहरीको भनाइ छ । रासस















प्रतिक्रिया