काठमाडौं । विश्वकप क्रिकेटमा भारतको जितका लागि एक युवकले आफ्नै जिब्रो काटेर भगवान चढाएको खुलासा भएको छ ।
क्रिकेटका क्रेजी फ्यानले भारतको तमिलनाडुमा अस्ट्रेलियाविरुद्धको सेमिफाइनलमा तिजका लागि भारतलाई शक्ति देउ भन्दै आफ्नै जिब्रो काटेर भगवानलाई बलि चढाएको खबरहरु सार्वजनिक भएका हुन् ।
तमिलनाडु स्थित भेलोर जिल्लाका सुधाकर नाम गरेका ति युवकले विश्वकपमा भारतलाई जिताउन भगवानले चमत्कार गरुन भनेर जिब्रो बलि दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सुधाकरले चक्कु निकालेर आफ्नै निवासमा जिब्रो काटेको प्रहरीले जनाएको छ । त्यसपछि ठूलो स्वरले चिच्चयाका उनलाई छिमेकीले नजिकैको अस्पतालमा पुर्याएका थिए । तर, उनको त्याग पूरा हुन् सकेन् ।
यस्तै, विश्वकपमा भारत पराजित भएपछि १० जना भन्दा बढीले भारतमा आत्महत्या गरेका थिए । देशैभरीका केही व्यक्तिलाई हार सहन नसकेर हर्ट अट्याक समेत भएको थियो । एजेन्सी













प्रतिक्रिया