३ कार्तिक २०८३, मंगलबार

जिशिअको लापरवाहीले दाङमा साक्षरता कार्यक्रम अस्तब्यस्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dang ka disrict education officer prahlada aryal– निशानदाजु भट्टराई
घोराही, १७ चैत । दाङमा सञ्चालित साक्षरता कक्षाहरुको अनुगमनका लागि केही समय अगाडी अनौपचारिक केन्द्रको टोली दाङ आयो ।
टोलीले मानपुर, विजौरी, तुलसीपुरका विभिन्न वडाहरुमा सञ्चालित साक्षरता कक्षाको अनुगमन पनि ग¥यो ।

जिल्लाका सुगम क्षेत्रका कक्षाहरुको मात्रै अनुगमन गरी अनौपचारिकको केन्द्रीय टोलीले जिल्लामा साक्षरता कक्षा चलाइरहेका विभिन्न संघसंस्था तथा सरोकारवालासँंग अन्तरक्रिया कार्यक्रम गरी फर्किएको थियो ।

अनौपचारिक केन्द्रका केन्द्रीय उपनिर्देशक केशव दाहाल र शाखा अधिकृत विमला मिश्रको नेतृत्वमा आएको अनौपचारिकको केन्द्रीय टोलीले दाङका सुगम क्षेत्रमा सञ्चालित कक्षाहरुको र जिल्लाको साक्षरता कक्षाका बारेमा प्रतिवेदनसमेत सार्वजनिक गरेको थियो ।

यद्यपि, उक्त अन्तरक्रिया कार्यक्रममा उचानिम्वु स्रोत केन्द्रका स्रोतव्यक्ति मोहन दाहालले आफूले अनुगमनका क्रममा भारतीय सीमा क्षेत्र जोडिएका नाका क्षेत्र र पहाडी क्षेत्रका कक्षा प्रभावकारी रुपमा नभएको पाएको र त्यसको तत्काल कार्यालयबाट अनुगमन गर्न सुझाव दिनुभएको थियो ।

साक्षरता कक्षाका विषयमा भएको अन्तरक्रिया कार्यक्रममा अनौपचारीकका उपनिर्देशक दाहाल, शाखा अधिकृत मिश्र, जिल्ला शिक्षा अधिकारी प्रह्लाद अर्याल, अनौपचारिकका फोकल पर्सन दण्डपाणि घिमिरे तथा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारीहरुको पनि सहभागिता रहेको थियो ।

अक्षर नलेखेका र नचिनेका निरक्षरहरुलाई सरकारले निःशुल्क साक्षर बनाउन सुरु गरेको अभियानकाक्रममा त्यहाँ सञ्चालन गरिएका कक्षा प्रभावकारी नभएको र केही कक्षा त अहिलेसम्म सञ्चालन नभई सकिएको पाइएको छ ।

जिल्लाका सुगम क्षेत्रका कक्षा प्रभावकारी बनेपनि सञ्चालन नभएका कक्षा तत्काल सुरु गर्न शिक्षा कार्यालयले स्रोतव्यक्ति मार्फत् निर्देशन दिएपनि सञ्चालन हुन नसकेका कक्षा नचलाई सकिएको हो ।

नाका क्षेत्रमा ३ वटा कक्षा चल्न नसकी सकिएको छ । नाका क्षेत्रमा २० वटा कक्षा सञ्चालन भएपनि ३ वटा कक्षा चल्न नसकेको खवर सार्वजनिक भएको थियो । त्यस्तै, शिक्षा कार्यालयको अनुगमन नहुँदा प्रत्येक कक्षामा २० जना विद्यार्थी भनेर कक्षाको व्यवस्थापन गरेपनि त्यो संख्यामा कक्षामा सहभागी नहुने गरेको तथ्यसमेत सार्वजनिक भएपनि कार्यालयले ती कक्षाका लागि बजेट पठाउँदै आएको छ ।

जिल्लाको साक्षर अभियानमा यसवर्ष १ करोड ६२ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ । उक्त रकम तालिमदेखि सहयोगी कार्यकर्ता, निरीक्षक, किताब, कापी, किन्नमै खर्च गरिएको शिक्षा कार्यालयले जनाएको छ । १५ वर्षदेखि उमेरका निरक्षरको मापदण्ड तोकेर सरकारले साक्षरता कक्षा सञ्चालन गरेको हो ।

अनौपचारिकको केन्द्रीय टोलीले साक्षरता कक्षाको अनुगमनपछि आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जिल्ला शिक्षा कार्यालय दाङका स्रोतव्यक्ति दाहालले आफै नै यस्तो कुराको जानकारी गराउँदा समेत सञ्चालन नभएका कक्षाको विषयमा टोलीले नत भारतीय सीमा क्षेत्र जोडिएका नाका र पहाडी क्षेत्रमा सञ्चालन हुन नसकेका साक्षरता कक्षाहरुको बारेमा सोधेको छ, न त जिल्ला शिक्षा अधिकारी अर्याल, अनौपचारिकका फोकल पर्सन घिमिरेले सञ्चालन हुन नसकेका कक्षाहरुको अनुगमन नै गर्नुभएको छ ।

स्रोतव्यक्ति दाहालले भारतीय सीमा क्षेत्र जोडिएको नाका र पहाडी क्षेत्रमा साक्षरता कक्षा प्रभावकारी नभएको भन्दाभन्दै जिल्ला शिक्षा अधिकारी अर्याल र अनौपचारिकका फोकलपर्सन घिमिरे आफूले एकपटक पनि अनुगमन नगरी आफूहरुले सम्बन्धित क्षेत्रका विद्यालय निरीक्षक र स्रोतव्यक्तिलाई जिम्मा दिएको भन्दै जिम्मेवारीबाट पन्छिएका छन् ।

दाङका विभिन्न गाविस तथा नगरपालिकाका वडाहरुमा सञ्चालित साक्षरता कक्षाहरु करीब–करीब सकिनेक्रममा छन् भने ढिलो गरी सञ्चालन भएका केहि कक्षाहरु चैत्र अन्तिमसातासम्म सञ्चालनका क्रममा छन् ।

सार्वजनिक कार्यक्रममा नै साक्षरता कक्षा प्रभावकारी नभएको गुनासो आउँदाआउँदा पनि शिक्षा कार्यालय दाङले यसमा खासै चासो नदिनु जिल्ला शिक्षा कार्यालय दाङको नेतृत्व गर्ने जिल्ला शिक्षा अधिकारी अर्याल र फोकल पर्सन घिमिरेको गैर जिम्मेवारीपन देखिएको छ ।
अनुगमनका लागि आएको अनौपचारीकको केन्द्रीय टोलीलाई जिल्लाका सुगम क्षेत्रका साक्षरता कक्षाहरुको मात्र अनुगमन गराई जिल्ला शिक्षा कार्यालय दाङले फर्काएको थियो ।

जिल्लाका अधिकांश स्थानमा सञ्चालित साक्षरता कक्षाहरु सोचेअनुरुपको प्रभावकारी नदेखिएपछि जिल्ला शिक्षा अधिकारी अर्याल र फोकल पर्सन घिमिरेले विद्यालय निरीक्षक र स्रोतव्यक्तिसँंग सल्लाह गरी राम्रा–राम्रा साक्षरता कक्षाहरुको मात्र अनौपचारीकको केन्द्रीय टोलीलाई अनुगमन गराएको स्रोतको भनाइ छ ।

अनुगमन टोलीको भारतीय सीमा क्षेत्र जोडिएका नाका र पहाडी क्षेत्रका साक्षरता कक्षाहरुको अनुगमन गर्ने मनसाय हुँदाहुँदै पनि दाङमा ती क्षेत्रहरुको अनुगमन नै नगराई जिल्ला शिक्षा अधिकारी अर्याल र फोकलपर्सन घिमिरेले फर्काएको बुझिएको छ ।

साक्षरता कक्षामा पढ्न आउनेहरुको न्युन सहभागीतासँंगै कतिपय ठाउँमा साक्षरता कक्षा नचल्दानचल्दैसमेत जिल्ला शिक्षा कार्यालय दाङले कक्षा नचलेको स्थानहरुलाई अहिले पूर्णसाक्षर गाविस वा वडाकारुपमा घोषणा गर्ने तयारी गरिरहेको छ ।

सन् २०१५ भित्र दाङलाई नै साक्षर जिल्ला घोषणा गर्ने तयारी अनुसार अघि बढेको शिक्षा कार्यालयले साक्षरता कक्षा प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको र कक्षा नै सञ्चालन नभएका भारतीय सीमा क्षेत्र जोडिएका नाका र पहाडी क्षेत्रलाई पूर्ण साक्षरकारुपमा घोषणा गर्ने तयारीमा लागेको बुझिएको हो ।

राज्यले करोडौं रुपैयाँ खर्र्चेर दाङमा साक्षरता कक्षा सञ्चालन गरिरहे पनि त्यसको अवमूल्यन गर्दै जिल्ला शिक्षा अधिकारी अर्याल र अनौपचारिकका फोकलपसर्न घिमिरेले भारतीय सीमा क्षेत्र जोडिएका नाका र पहाडी क्षेत्रमा साक्षरता कक्षा प्रभावकारी नभएका र सञ्चालन नै हुन नसकेको कक्षाहरुका लागि रकम पठाइदिन दवाव दिने गरेको जिल्ला शिक्षा कार्यालयका एक कर्मचारीले बताउनुभयो ।

‘सार्वजनिकरुपमै साक्षरता कक्षा नचलेका कुराहरु बाहिर आइरहँदा जिल्ला शिक्षा अधिकारी अर्याल, अनौपचारीकका फोकलपर्सन घिमिरे मौन बस्नु राम्रो कुरा होइन, स्रोतव्यक्ति आफैले अनुगमन गरी साक्षरता कक्षा नचलेको अवस्थामा पाएको बताउदाबताउँदै पनि यसलाई गम्भिरतापूर्वक नलिनु उहाँहरुको गैर जिम्मेवारीपनसँंगै लापरबाही हो’, उहाँले भन्नुभयो, ‘साक्षरता कक्षाका विषयमा आएका गुनासालाई सम्बोधन गर्न कार्यालयकातर्फबाट अनुगमन हुन जरुरी छ, एकलौटे र बलजप्तीरुपमा कार्यालयले पूर्ण साक्षर गाविस र नगरपालिका कागजमा घोषणा गरेर मात्र हुँदैन ।’

तीन महिनसम्म नियमितरुपमा साक्षरता कक्षा सञ्चालन नभएको पाइएमा बजेट रोक्का गराउनेसम्म कानुनी व्यवस्था हुँदाहुँदै त्यसलाई लत्याउँदै जिशिअ अर्याल, फोकलपर्सन घिमिरे अघि बढिरहनुभएको छ । यता जिल्ला शिक्षा अधिकारी प्रह्लाद अर्यालले सार्वजनिकरुपमा नै भारतीय सिमा क्षेत्रसँंग जोडिने नाका क्षेत्र र पहाडी क्षेत्रमा आफूले साक्षरता कक्षा अनुगमन गर्न नभ्याएको बताउनुभयो ।

उहाँले जिल्लाका ती क्षेत्रसँंगै अन्य ठाउँमा पनि साक्षरता कक्षा नचलेको विषयमा कार्यालयमा रिर्पोट आइरहेको र यसको अनुगमन गरी साक्षरता कक्षामा न्युन सहभागिता र कक्षा नचलेको पाइए बजेट निकासा रोकिने चेताबनी दिनुभयो ।

‘सबै साक्षरता कक्षाको जिशिअले अनुगमन गर्न सक्तैन, हामीले सम्भव भएसम्म कार्यालयबाट प्रभावकारी अनुगमन गर्ने प्रयास गरेका हौं’, उहाँले भन्नुभयो, ‘तर, जिल्लाको भारतीय सीमासँंग जोडिएको नाका क्षेत्र र पहाडी क्षेत्रमा प्रभावकारीरुपमा कक्षा नचलेको सत्य कुरा हो, यसको अध्ययन भइरहेको छ ।’

यो कुरामा तपाई स्पष्ट हुनुहोस् केहि साक्षरता कक्षा अनुगमन गर्न आफै हिडे पनि सबै साक्षरता कक्षाको अनुगमन गर्न आफूले नभ्याएको भन्दै सार्वजनिक रुपमा नै भारतीय सीमा क्षेत्रसँंग जोडिने नाका र पहाडी क्षेत्रमा साक्षरता कक्षा नचलेको कुरा सही भएको बताउनु नै कक्षा नचलेको अनौपचारीकका फोकलपसर्न घिमिरेले जिल्लामा सञ्चालन भएका साक्षरता कक्षाहरुको पर्याप्तरुपमा अनुगमन गर्न नसकिएको स्वीकार गर्नुभयो ।

उहाँले नमुनाकारुपमा जिल्लाका सुगम क्षेत्रका साक्षरता कक्षाहरुको अनुगमन गरेको बताउनुभयो । ‘हामीले दाङका ४ सय बढी विद्यालयको अनुगमन गर्न सकेका छैनौं, कहाँबाट सबै साक्षरता कक्षाका अनुगमन गर्न सक्छौं’, उहाँले भन्नुभयो, ‘भारतीय सीमा क्षेत्र जोडिएको नाका क्षेत्र र पहाडी क्षेत्रमा साक्षरता कक्षा नचलेको बारेमा गुनासो आइरहेका छन्, गुनासो आएपछि जिल्ला शिक्षा अधिकारी र मैले अनुगमन गर्न पाएका छैनौं, यद्यपि कक्षा नचलेको थाहा पाएपछि कार्यालयले विद्यालय निरीक्षक र त्यस क्षेत्रका स्रोतव्यक्तिलाई जिम्मा दिएका छौं ।’

त्यस क्षेत्रका स्रोतव्यक्ति दाहालले स्वयं नै साक्षरता कक्षा नचलेको स्विकार गर्दागर्दै समेत शिक्षा कार्यालय दाङका अनौपचारीक फोकलपर्सन घिमिरेले कार्यालयको तर्फबाट अनुगमन गर्नुको साटो विद्यालय निरिक्षक र स्रोतव्यक्तिलाई अनुगमनको जिम्मा दिएको भन्दै जिम्मेवारीबाट पन्छिन खोजेको जिल्लाका सरोकारवालाको बुझाइ छ ।

बिगत सयमदेखि नै यो अभियान सघनरुपमा चलेको र यसपालि जिल्लामा १ हजार २ सय ५६ वटा कक्षा चलेका छन् । जिल्लाका ८ गाविस र २ नगरपालिकाका १५ वडामा सघनरुपमा र गतवर्ष छुटेका गाविस र नगर गरेर २२ वडामा आंशिकरुपमा साक्षरता कक्षा सञ्चालन भएका थिए ।

साक्षर कक्षा चलाउने जिम्मा २२ गैरसरकारी संघसंस्थाले पाएका थिए । २०६७ सालमा शिक्षा कार्यालयले गरेको सर्वेक्षणको आधारमा जिल्लाभर निरक्षरहरुको जनसंख्या ५६ हजार ३ सय ७१ देखाएको थियो । जसमध्ये गत वर्ष जिल्लामा सञ्चालन भएका ९ सय ८० साक्षरता कक्षाबाट करीव २९ हजार साक्षर भएका थिए । प्रत्येक कक्षामा २० जना विद्यार्थी राख्ने व्यवस्था छ ।

२० जना विद्यार्थी बराबर एक सहयोगी कार्यकर्ता तोकिएको छ, भने १० कक्षा बराबर एक जना निरीक्षकको व्यवस्था गरिएको जिल्ला शिक्षा कार्यालयका अनौपचारिक फोकल पर्सन घिमिरेले जानकारी दिनुभयो । जिल्लामा साक्षर कक्षाको अवधी तीन महिनासम्म तोकिएपछि पुसदेखि फागुनसम्म चलेका थिए ।

कार्यालयले समयमै नै साक्षरता कक्षा सञ्चालन गर्न भनेपनि विविध कारणले सञ्चालनमा ढिला भएका कक्षाहरु चैत्रको अन्तिम सातासम्म चल्ने शिक्षा कार्यालयको भनाइ छ । यसअगाडि जिल्लाका ११ गाविस र २ नगरपालिका घोराही, तुलसीपुर नगरपालिकाका ६ वडा साक्षर घोषणा भइसकेका छन् ।

साक्षरअभियान अन्तर्गत राष्ट्रभाषा वा मातृभाषामा वर्ण/अक्षर चिन्न र लेख्न सक्ने, मुल्यसुुचि र विल पढ्न सक्ने, मोवाइल र क्याल्कुलेटर अंक र अक्षर चिनेर प्रयोग, ० देखि ९ सम्मका अंक लेख्न र १०० सम्मका अंकहरु गणना गर्न सक्ने, घडी हेरेर समय बताउने, हस्ताक्षर गर्ने र लेनदेनका हिसाव राख्नसकेमा त्यसलाई साक्षर भएको मानिन्छ ।