३ कार्तिक २०८३, मंगलबार

बलात्कारीलाई अदालतबाट अहिलेसम्मकै बढी कैद सजाय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

court-order– शिबलाल सुबेदी
गुल्मी १७ चैत । जिल्ला अदालत गुल्मीले जिल्लामा अहिलेसम्मकै सबैभन्दा बढी कैद सजायको फैसला गरेको छ ।

केही महिना अघि जिल्लाको हर्मीचौर गाविसमा एक बृद्धालाई बलात्कार गरि हत्या गर्नेलाई जिल्ला अदालत गुल्मीले जिल्लामै अहिलेसम्म सबैभन्दा बढी कैद सजायको फैसला गरेको हो ।

जिल्लाको हर्मीचौर गाविस वडा नम्वर ३ की ६९ वर्षिया बृद्धा देउरूपा सापकोटालाई गत साउन २२ गते दिउँसो घरमा एक्लै भएको मौका छोपी बलात्कार गरी हत्या गर्ने ठूलोलुम्पे-१ घर भई अर्वेनी-२ मा डेरा गरी बस्ने ४० वर्षीय देवबहादुर थापालाई जिल्ला अदालतले २६ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश ऋषिराम आचार्यको ईजलासले अभिुयुक्त थापालाई मुलुकी ऐन ज्यान सम्वन्धी महलको १३ (१) वमोजिम सर्वस्व सहित जन्म कैद २० वर्ष र जवरजस्ती करणी महलको ३ (५) वमोजिम ६ वर्ष सहित कुल २६ वर्ष कारगार कैद सजायको फैसला गरेको जिल्ला अदालत गुल्मीका श्रेस्तेदार श्याम विहारी मौर्यले जानकारी दिए ।

थापाले साउन २२ गते घरमा बृद्धालाई चिया पकाउन लगाई चिया खाएको केही समयमै जवरजस्ती करणी गरेको र उक्त कुरा बाहिर आउछ भन्ने डरले कोदालाको पासोले टाउकोमा हानी हत्या गरेको अदालतको फैसलामा उल्लेख गरिएको छ । यस अघि जिल्ला अदालत गुल्मीबाट सबै भन्दा बढी कैद सजाय एक जनाले १९ वर्ष पाएका थिए ।