२८ आश्विन २०८३, बुधबार

मंगल ग्रहमा करीव दुई किलोको हेलिकप्टर उड्ने

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क । रातो ग्रह उपनामले चिनिने मंगल ग्रहमा अहिले अमेरिकी अन्तरिक्ष संस्था नासाले पठाएको पर्सिभिरेन्स अन्तरिक्ष यानले विभिन्न अनुसन्धान गरिरहेको छ ।

सात महिना लामो यात्रा गरेर मंगल ग्रहको सतहमा पर्सिभिरेन्स गत फेब्रुअरी १८ मा ल्यान्ड भएको थियो। अहिले पर्सिभिरेन्सको ६ पांग्रे रोभरले जेजेरो कार्टरमा कुनै बेला मंगल ग्रहमा जीवन सम्भव थियो कि थिएन भनेर अनुसन्धान गरिरहेको छ।

ल्यान्ड भएयता उसले त्यहाँ खिचेका तस्बिरहरू नासालाई पठाइरहेको छ । जेजेरो कार्टरमा कुनै बेला ताल भएको अनुमान गरिन्छ। त्यही भएर मंगल ग्रहमा विगतमा जीवन सम्भव थियो कि थिएन भन्ने अध्ययन गर्न नासाले सोही क्षेत्रमा यान पठाएको हो।

२.७ अर्ब डलर खर्च भएको दुई वर्ष लामो यो अभियानको मुख्य उद्देश्य रातो ग्रह भनेर पनि चिनिने मंगल ग्रहमा जीवनको अवशेष खोज्नु हो। सूर्यदेखि चौथो टाढाको ग्रहमा ३ अर्ब वर्षपहिले न्यानो र पानीको मात्रा भएकाले त्यहाँ जीवन सम्भव थियो भन्ने वैज्ञानिकहरूको अनुमान छ।

पर्सिभिरेन्सले जेजेरो कार्टरको सतहमा उत्खनन् गरेर अवशेषको अध्ययन गर्ने छ । नासाका वैज्ञानिकहरूले अमेरिकाले मंगल ग्रहमा पठाएका २० मध्ये यो सबैभन्दा महत्वाकांक्षी मिसन भएको बताएका छन् ।

पर्सिभिरेन्सले आफूसँग एउटा सानो हेलिकप्टर पनि लिएर गएको छ। आफैं चार्ज भएर त्यो हेलिकप्टर मंगल ग्रहमा उड्ने छ। एक ग्रहबाट अर्को ग्रहमा उडाइएको यो पहिलो उडान हुनेछ। यदि उडान सफल भयो भने १.८ किलोग्रामको उक्त हेलिकप्टरले मंगल ग्रहको हवाइ अवलोकन गर्नेछ ।