३ कार्तिक २०८३, मंगलबार

९ किलो चरेस नष्ट, महिलाको कम्मरमा हालेर ओसारपसार गर्ने नयाँ ‘फर्मुला’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

d– रबिना बोहरा
बागलुङ, १७ चैत । अबैध लुकाईछिपाई बिक्रि गर्न लैजान लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको ९ किलोग्राम चरेस आज नष्ट गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङले आज पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक रुपमा ९ किलो चरेस नष्ट गरेको हो । चैत्र २ गते विहान ९ बजे ईलाका प्रहरी कार्यालय झिवाखोलाबाट खटिएको टोलीले ९ केजी चरेस सहित निसी वडा नं. ९ की ४३ बर्षीय रिता घर्ती मगर र २२ बर्षीय पुजा घर्ती मगरलाई पक्राउ गरेको थियो ।

bबोहोरागाउँ गाविस वडा नं. ७ कालाखेत निसीबाट बागलुङ तर्फ आउदै गरेको ना.४.ख. ९२१० नं. को बस चेकजाँच गर्दा बसमा यात्रा गरेका रिता घर्ती मगरको कम्मरबाट ४ किलो ५ सय ग्राम र पुजा घर्ती मगरको कम्मरबाट ४ किलो ५ सय ग्राम लागु औषध चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकृत शैलेन्द्र खड्काले जानकारी दिनुभयो ।

उनीहरुलाई लागु औषध ऐन अनुसारको कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । c d