२९ आश्विन २०८३, बिहिबार

प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलिया क्वीन्सल्याण्डको संयोजकमा पाण्डे

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलिया क्वीन्सल्याण्डको संयोजकमा रमेश पाण्डे (क्यूएलडी) चयन भएका छन् ।

प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलिया क्वीन्सल्याण्ड राज्य समितिको शनिबार सम्पन्न वृहत् कार्यकर्ता भेलाले पाण्डेको संयोजकत्वमा ४१ सदस्यीय कार्यसमिति चयन गरेको हो । साथै भेलाले ११ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको बताइएको छ ।

मञ्चका संस्थापक अध्यक्ष तथा राष्ट्रिय सल्लाहकार समितिका प्रमुख सल्लाहकार डा. जगदिश तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले राष्ट्रिय कमिटीका अध्यक्ष समेत रहेका रमेश पाण्डेलाई संयोजक चयन गरेको हो ।

जसअनुसार कुइन्सल्याण्ड राज्य समितिको सह–संयोजकमा अरुण तिवारी, सचिवमा बिमल न्यौपाने, सह–सचिवमा सजिन श्रेष्ठ र विकाश मान सिं भण्डारी तथा कोषाध्यक्षमा निशा दुलाल चयन भएका छन् ।

यसैगरी सदस्यहरूमा राजेश गिरी, अनिल ढकाल, निरन्जन बुडाथोकी, राम सुवेदी, सिताराम पाण्डे, प्रकाश सुबेदी, स्वती गुरुङ्ग, बिवेक गिरी, सरोज श्रेष्ठ, अर्जुन भट्टराई, भगवान भण्डारी, सुरेश बोगटी, सुदर्शन रायमाझी, मनिश मली, अस्मिता क्षेत्री, विशाल केसी, ध्रुव लम्साल, अभिसेक भण्डारी, सुप्रिम अधिकारी, सुमित राना, बिवेक श्रेष्ठ, सुरेन्द्र पन्थ, सुबिन श्रेष्ठ, अनोज लामिछाने, बिवस गिरी, प्रविन कार्की, अर्पण अधिकारी, बिमल श्रेष्ठ र अर्जुन केसी चयन भएका छन् ।

कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्ष रमेश पाण्डेले पद तथा गोपनीयताको शपथ गराएका थिए ।

यसैगरी मञ्चको सल्लाहकार समितिमा चिनबहादुर नेपाली, असिम कोइराला,
राम आचार्य, पशुपति भट्टराई, नरबहादुर श्रेष्ठ, मेघ सुबेदी, तपी थापा, सुनिल पराजुली, चन्दन घिमिरे र डा. प्रविन पौडेल रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि डा. जगदिश तिम्सिनाले नेपालमा अहिले उपलब्ध नेताहरुमध्यमा प्रधानमन्त्री केपी शर्मा ओली नै प्रधानमन्त्रीका लागि अब्बल रहेको र प्रवासमा रहेका नेपालीहरु प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रहनु पर्नेमा जोड दिए ।

कार्यक्रमको सभापतित्व प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाका केन्द्रीय सचिवालय सदस्य अशिम कोईरालाले गरेका थिए भने कार्यक्रम सञ्चालन मञ्चका नवनियुक्त सचिव बिमल न्यौपानेले गरेका थिए ।

कार्यक्रममा मञ्चका न्युसाउथवेल्स तथा अष्ट्रेलियन क्यापटल टेरोटेरीका इन्चार्ज तथा सचिवालय सदस्य केशव जोशी, राष्ट्रिय सल्लाहकार समितिका सल्लाहकार डा. हेमाङ्ग शर्मा र क्वीन्सल्याण्ड राज्य समितिका इन्चार्ज चिनबहादुर नेपाली अतिथिका रुपमा उपस्थित थिए ।