काठमाडौं, १७ चैत । यति बेला नेपाली राजनीतिमा वार्ता सहमतिको केन्द्रविन्दु बालकोट बन्न थालेको छन् । जहाँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सहमति गर्ने भन्दै दिनहुँ वार्ता बस्ने गर्दछ ।
नेपाली राजनीतिमा फरक खालको एजेण्डामा अडिग रहेर एमाले अध्यक्ष ओली नेपाली जनतामाझ लोकप्रिय बन्दै गएका छन् । एमालेको ९औं महाधिवेशनबाटै एमाले पार्टी अडिग नेताको रुपमा परिचित अध्यक्ष ओली अहिले राष्ट्रिय राजनीतिका नेतृत्वकर्ता (लिडर) समेत बनेका छन् ।
नेताहरु वार्ता, सम्वादका लागि ओलीकै नेतृत्वमा बस्न रुचाउने, ओली निवास बालकोटमै पुगेर वार्ताको प्रयास थालिनुले अध्यक्ष ओली नेपाली राजनीतिमा ‘लिडर’ बन्ने संकेत देखाएको हो ।
नयाँ संविधान बनाउने अभिभारा बोकेका राजनीतिक दलहरुबीच सहमति हुन नसकेको अवस्थामा एमाले अध्यक्ष सहमति जुटाउन कस्सिएर लाग्नुभएको छ ।
आफैले नेतृत्व लिएर उहाँले कहिले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कहिले बाबुराम भट्टराई त कहिले प्रधानमन्त्री सुशील कोइरालासँग भेटघाट गरी वार्ताबाट सहमतिको प्रयास गरिरहनु भएको छ ।
आन्दोलन गरिरहेका ३० दलिय मोर्चामा आवद्ध मधेसी दलहरुसँग पनि अध्यक्ष ओलीले सहमतिका लागि वार्ता गरिरहनुभएको छ । उहाँले राष्ट्र, राष्ट्रियता, संघियता, जातीयता लगायतका विषयमा सजक रहनुभएको छ । देशलाई हानि गर्ने प्रक्रियाको विरुद्ध उहाँ आफ्नो मुद्दामा अडिग हुनुहुन्छ ।
जसका कारण केही दलहरुले चाहेको स्वार्थ पूरा हुन सकेको छैन् । वार्ता सहमति हुन सकेको छैन् । तर पनि अध्यक्ष ओलीले सबै नेतासँग हरभखत सहमतिका लागि वार्ता गरिरहनुभएको छ ।
जसका कारण उहाँलाई राष्ट्रिय राजनीतिले एउटा सफल ‘लिडर’ बनाउँदै लगिरहेको छ । अध्यक्ष ओलीले आफ्नो एजेण्डामा सबैलाई सहमतिबाट अगाडी ल्याउन सक्नुभयो भने उहाँ साच्चिकै सफल ‘लिडर’ बन्नुहुनेछ ।
यस्तै, अध्यक्ष ओलीले आफ्नै पहलमा राष्ट्रियता र अखण्डतालाई जोगाउन अभियान सुरु गरेका छन् । राष्ट्रिय झण्डा अंकित लोगो बाँडेर अध्यक्ष ओलीले राष्ट्रियताको अभियान सुरु गरेका हुन् ।
शनिबार प्रधानमन्त्री सुशील कोइरालालाई आफ्नै निवासमा बालकोटमा बोलाएर राष्ट्रिय झण्डा अंकित लोगो लगाएर उहाँले अभियानको औपचारिक सुरुवात गर्नुभएको हो ।
राष्ट्रियता र अखण्डतालाई असर पर्ने गरी विपक्षीसँग कुनै पनि सम्झौता नगर्ने अध्यक्ष ओलीले प्रधानमन्त्रीसामू अडान राख्नुभएको थियो ।
शनिबार नै एमाओवादी नेताहरुलाई समेत राष्ट्रिय झण्डा अंकित लोगो लगाइदिएर राष्ट्रियताको राजनीतिमा लाग्न नेता ओलीले आग्रह गर्नुभएको थियो ।
एमाओवादीका अध्यक्ष प्रचण्ड, नेता डा. बाबुराम भट्टराई, एमाले नेता माधव कुमार नेपाललाई समेत अध्यक्ष ओलीले आफैंले यस्तो लोगो लगाइदिएका छन् ।
राष्ट्रियता, राष्ट्रिय एकता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताका लागि नेपाली राष्ट्रिय झण्डाको लोगो लगाउने अभियान सुरु गरेको उहाँले बताउनुभयो ।
पछिल्लो समय जात र धर्मका नाममा जनताहरुबीच झगडा निम्त्याउने र देशलाई कमजोर बनाउने खेलमा केही शक्तिहरु लागेपछि नेता ओलीले यस्तो राष्ट्रवादी अभियानको सुरुवात गरेको जनाइएको छ ।
शनिबार एमाले प्रबेश गर्ने डा. डिल्लीराज खनालसहितका नेतालाई पनि अध्यक्ष ओलीले यस्तो लोगो लगाइदिएका हुन् । भेटवार्ताका लागि आफ्नो निवास बालकोट पुग्ने सबैलाई नेता ओलीले यस्तो लोगो लगाइदिने गरेका छन् ।
राष्ट्रियता र अखण्डताकै लागि नेता ओलीले बहुपहिचानसहितको संघीयताको पक्षमा उभिएर जातीय राज्यविरुद्ध कडा रुपमा प्रस्तुत हुदै आएका छन् ।
राष्ट्रियता र अखण्डताका लागि मर्न तयार रहेको तर कुनै हालतमा सम्झौता नगर्ने अडान अध्यक्ष ओलीको रहेको छ । जसले यस्तो अभियानको सुरुवात गराएको हो ।

















प्रतिक्रिया