८ कार्तिक २०८३, आइतबार

कतार एयरवेज युईएफए युरो २०२० को आधिकारिक एयरलाइन प्रायोजक

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोहा, ११ फागुन । कतार एयरवेज युरोपेली फुटबल महासंघ (युइएफए) सँग साझेदारी गर्दै जुन ११ देखि ११ जुलाई २०२१ सम्महुनगइरहेको युइएफए युरो २०२० को आधिकारिक एयरलाइन पार्टनर बन्ने घोषणा गरेको छ ।

युरोपको सर्वोच्च अन्तर्राष्ट्रिय फुटबलप्रतियोगिताको यस १६ औँ संस्करण अन्तर्गत एम्स्टरड्याम, बाकु, बिल्बाओ, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, डब्लिन, ग्लास्गो, लण्डन, म्युनिक, रोम तथा सेन्ट पिटर्स्बर्ग गरी १२ विभिन्न आयोजक शहरहरुमा २४ देशले प्रतिस्पर्धा गर्नेछन् ।

लण्डनको वेम्ब्ली रंगशालाले ११ जुलाई २०२१ मा फाइनल खेल आयोजना गर्ने छ । कतार एयरवेजले सम्पूर्ण आयोजक शहरलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सेवा पुर्याउनेछ ।