३ कार्तिक २०८३, मंगलबार

लाङटाङ निकुञ्जमा ज्ञापन पत्र पेस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, १६ चैत । धैबुङ्ग गाविसमा मध्यवर्ती उपभोक्ता समिति गठनका विषयमा उत्पन्न विवाद समाधान गर्न माग गर्दै प्रतिनिधीहरूले लाङटाङ राष्ट्रिय निकुञ्जमा ज्ञापन पत्र पेस गरेका छन् ।

धैबुङ्ग गाविसका सवै वडामा मध्यवर्ती उपभोक्ता समुह गठन भईसकेको तर निर्वाचन प्रकूयामा वरावरी भएकोले सहज बिधीबाट उपभोक्ता समिति गठन गर्न माग गर्दै प्रतिनिधीहरूका तर्फबाट पुष्पराज न्यौपानेले निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य समक्ष ज्ञापन पत्र पेस गरेका थिए ।

कार्यक्रममा बराबरी मत परिणम आउने गरी गरिने निर्वाचनको कुनै महत्व नरहेको भन्दै सवै पदाधिकारीहरू बीच छलफल गरी सहज बिधी खोज्न तथा धैबुङ्ग गाविसमा उपभोक्ता समिति बनाएर मात्र मध्यवर्ती परिषद गठन गर्न माग गरेका थिए ।

कार्यक्रममा एनेकपा माओवादी जिल्ला संयोजक ईन्द्र गौतम , माधब लामिछाने, नेकपा एमाले जिल्ला कमिटी सचिव विष्णु देवकोटा, भवानी न्यौपाने पत्रकारहरू सहभागी थिए । यसैबीच प्रमुख जिल्ला अधिकारी उद्धब भट्टराईसमक्ष समेत एक ज्ञापनपत्र पेस गरी उनीहरूले आफ्ना माग राख्दै छलफल गरेका छन् ।