३ कार्तिक २०८३, मंगलबार

चट्याङले एकै परिवारका दुईको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चरिकोट, १६ चैत । दोलखाको दक्षिण भेगमा पर्ने मागापौवा गाविस–४ मा आज दिउँसो चट्याङ लाग्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ६९ वर्षीया साहिँली तामाङ र उनकी नातिनी ११ वर्षीया फूलमाया रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । घरमै बसिरहेको अवस्थामा उनीहरूलाई चट्याङ लागेको बताएको छ । रासस