३ कार्तिक २०८३, मंगलबार

हेटौँडा बजारमा गैँडा पसेपछि तनाव, एकको मृत्यु, छ जना घाइते (हेर्नुस् फोटोहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hetauda-raihno01

हेटौँडा १६ चैत । चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको एक गैँडाले सोमबार हेटौँडा बजारमा तहल्का मच्चाएको छ ।

हेटौँडा उपनगरपालिका–६ चौघडाको रानीवनमा गैँडाको आक्रमणबाट ६१ वर्षीया हरिमाया दाहालको ज्यान गएको छ । गैँडाले हेटौँडा नगरको विभिन्न स्थानका सडकमा भागदौड गर्ने क्रममा आक्रमण गर्दा छजना मानिस घाइते भएका छन् ।

ती घाइतेमध्ये हेटौँडाको चौघडा बस्ने रुपनारायण धिमालको थप उपचारका लागि चितवनको भरतपुर शिक्षण अस्पतालमा पठाएको प्रहरीले जनाएको छ । अन्य पाँच जना घाइतेको अहिले हेटौँडा अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

हेटौँडा उपनगरपालिका–९ लामसुरे डाँडामा सोमबार बिहान ७ बजे देखापरेको गैँडाले हेटौँडा औद्योगिक क्षेत्र हुँदै पूर्वक्षेत्रको कमाने–नागस्वती, गौरीटार, चौघडा, पिप्ले, कान्ति राजपथ, बुद्धचोक एवम् हेटौँडा अस्पताल परिसर गरी करिब १८ किमी भागदौड गर्दै आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गैँडाले हेटौँडा अस्पताल परिसरबाट निस्केर बसपार्क हुँदै सामुदायिक आँखा अस्पताल परिसरमा समेत तनाव सिर्जना गरेको थियो ।

यसैबीच चितवन वन्यजन्तु आरक्षणबाट हात्तीसहितको चिकित्सक टोली हेटौँडातर्फ आइरहेको र सो टोलीले गैँडालाई नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्जमा पठाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रकाशजङ्ग कार्कीले बताउनुभयो ।

Hetauda-raihnoHetauda-raihno5Hetauda-raihno4Hetauda-raihno3
तस्वीर: फेसबुकबाट