२९ आश्विन २०८३, बिहिबार

तनहुँ समाज कतारद्वारा शिशुको उपचारमा आर्थिक सहयोग प्रदान

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोहा । वैदेशिक रोजगारीको क्रममा कतारमा रहेका तनहुँबासीहरूद्वारा स्थापित तनहुँ सेवा समाजले ६ महिने शिशु जीवन भट्टराईको उपचारका लागि पचहत्तर हजार आठ सय रुपियाँ उपलब्ध गराएको छ ।

शुक्लागण्डकी नगरपालिकास्थिति उप–मेयर सबिता रसाइलीको उपस्थितिमा पीडित परिवारलाई हस्तान्तरण गरिएको छ ।

प्रवासमा रहेर पनि स्वदेशमा हरेक पीडितहरूको सहारा बन्दै समाजले पुर्याएको योगदान उच्च रहेको भन्दै उप–मेयर रसाइलीले समाज र सहयोगीप्रति धन्यवाद व्यक्त गरेकी छिन ।