३ कार्तिक २०८३, मंगलबार

एनआईसी एशिया बैंकको ‘साइबरसोर्स’ लाई गेट–वे पेमेन्टले प्रवद्र्धन गर्ने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ फागुन । एनआईसी एशिया बैंकले ल्याएको कार्डमा आधारित अनलाइन भुक्तानीे प्रणाली (साइबरसोर्स) लाई गेटवे पेमेन्ट सर्भिस प्रालिले आम व्यवसायीहरूमाझ प्रवद्र्धन गर्ने भएको छ ।

डिजिटल बैंकिङलाई आत्मसात गर्दै लाखौं ग्राहकमाझ गतिशील बैंकिङको अभ्यास गर्दै आएको एनआईसी एशिया बैंकले नेपालमा पहिलोपटक भित्र्याएको कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे प्रणाली (साइबरसोर्स) लाई गेटवे पेमेन्ट सर्भिस प्रालि नामक फिनटेक कम्पनीले आम व्यवसायीहरूमाझ पुर्याउने भएको हो ।

उक्त कम्पनीले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) को सेवा तथा सुविधा गर्ने अनुमति प्राप्त गरेको छ । सोहीबमोजिम बैंकले ल्याएको अन्तर्राष्ट्रिय गेटवे प्रदायक कम्पनी साइबरसोर्स आईएनसीको गेटवे प्रणालीलाई नेपालमा सरल डिजिटल भुक्तानी प्रणालीलाई प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ ।

यसबाट इच्छुक मर्चेन्टहरूले जुनसुकै राष्ट्रिय तथा अन्तर्राट्रिय बैंकद्वारा प्रदान गरिएको कार्डहरूमार्फत भुक्तानी प्राप्त गर्न सक्ने प्रणाली सुचारु गर्न सक्ने बताइएको छ । अमेरिका, चीन, भारतलगायत एशिया, युरोप र अफ्रिकाका विभिन्न देशहरूमा प्रयोग भइरहेको साइबरसोर्स गेटवे प्रणाली आफ्नो उच्च सफलता दर र निर्वाध भुक्तानीका लागि विश्व जगतमा प्रतिष्ठित छ ।

यो सुविधामार्फत ठूलो संख्यामा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड प्रयोगकर्ताहरूसँग देशमा रहेका विभिन्न मर्चेन्टहरूले व्यावसायिक सम्बन्ध कायम गरी सोझै आफ्नो एनआईसी एशिया बैंक खातामा भुक्तानी प्राप्त गर्न सक्ने बैंकको भनाइ छ ।

यस सहकार्यबाट उक्त फिनटेक कम्पनीले नेपालमा भिसा, मास्टरकार्ड, युनियन–पेलगयत कार्डहरूबाट भुक्तानी गर्न मिल्ने प्रणालीको विकास गर्न समेत सघाउ पुग्ने छ भने नेपालका ठूला तथा मझौला व्यापारीहरूको उत्पादित बस्तु तथा सेवाहरूको सर्भसुलभ रुपमा अन्तर्राष्ट्रिय बजारमा विक्री वितरणमा सहयोग पुग्ने छ, जसबाट व्यवसायीहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य बैंकले लिइएको छ ।