३ कार्तिक २०८३, मंगलबार

साधना लघुवित्तमा रोजगारी अवसर

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । साधना लघुवित्त वित्तीय संस्थाले नायब महाप्रबन्धक पदका लागि कर्मचारीको माग गरेको छ ।

हिजो बुधबार संस्थाले प्रकाशित गरेको सूचना अनुसार आप्mनो योग्यता पुगेका जोकसैले फागुन ११ गतेसम्म तोकिएको पदका लागि दरखास्त दिन सक्ने बताइएको छ ।

दरखास्तवालाले मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थाहरुमा कम्तीमा १० वर्ष र लघुवित्त कम्पनीमा ३ वर्ष काम गरेको हुनुपर्ने लघुवित्तले जनाएको छ । साथै, व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका दरखास्तवालाहरुलाई विशेष प्राथमिकता दिने बताइएको छ ।

गोरखा नगरपालिका–६ हरामटारीमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको लघुवित्तको रुपमा कार्य सञ्चालन गर्दै आएको लघुवित्तले दुर्गम र ग्रामीण क्षेत्रमा लघुवित्त बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

हेर्नुहोस् पूरा विवरण–