६ मंसिर २०८३, आइतबार

गुल्मीमा जीप दुर्घटना, तीन जनाको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

तम्घास, ६ फागुन । गुल्मी जिल्लाको पराल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ६ जना घाइते भएका छन् । रेसुङ्गा नगरपालिका १४ पराल्मीको ठूलो पँधेरोमा बुधवार बेलुका लु १ ज १९८८ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर रेसुङ्गा नगरपालिका १४ का कृष्ण पोख्रेल, गोमा नेपाली र शान्ति नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए ।

घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि पाल्पा पठाइएको छ । ३ जनाको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ ।