काठमाडौं, ५ फागुन । काठमाडौं महानगरपालिकाले १८ सय कर्मचारीको एक तह स्वतः बढुवा गरेको छ ।
महानगरपालिकाले आफ्ना सबै स्थायी दरबन्दीका कर्मचारीको एकतह स्तर बढुवा गरेको हो ।
महानगरपालिकाले कर्मचारी समायोजन ऐन २०७७ जारी गर्दै श्रेणीविहीन र सबै श्रेणीका कर्मचारीको समायोजनको निर्णय गरेको छ ।
महानगरको नगर सभा बैठकले सो ऐन पारित गरेलगत्तै मंगलबार सबै कर्मचारीको एक तहरस्तर बढुवा भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावालीले जानकारी दिएका छन ।
महानगरपालिकाका करिब एक हजार ८ सय कर्मचारीको एकैपटक बढुवा भएको छ ।











प्रतिक्रिया