काठमाडौं, ५ फागुन । काठमाडौंमा एक जना व्यक्ति मृत अवस्थामा फेला परेका छन ।
काठमाडौं महानगरपालिका– ७ मैजुबहाल बस्ने ४५ वर्षीय रजुनमान श्रेष्ठ सोही महानगरपालिका(८ स्थित बागमती खोलाको छेउमा मंगलबार राति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घरमा कसैलाइ जानकारी नदिई निस्केका उनी मृत फेला परेका हुन् । घटनामा शंकास्पद ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।











प्रतिक्रिया