कपिलवस्तु १६ चैत । नेपाल पत्रकार महासघंको स्थापना दिवसको अवसरमा कपिलवस्तु शाखाले पनि विविध कार्यक्रम गरी आफ्नो ६० औ स्थापना दिबस मनाएको छ । शाखाले विहान सदरमुकाम तौलिहामा प्रभातफेरी र कोण सभा गरि स्थापना दिवस मनाएको हो ।
सदरमुकाम तौलिहवाको गौढी चौक वाट सूरु भएको प्रभातफेरी तौलिहवा नगर परिक्रमा गरि जिल्ला प्रशासन कार्यालय अगाडी पुगी कोण सभामा परिणत भएको थियो ।
प्रेस स्वतन्त्रता सहितको सबिंधान निर्माण गर भन्ने नारा सहित मनाइएको स्थापना दिवसमा वोल्ने पत्रकारहरुले अव वन्ने सविधान पुर्ण प्रेस मैत्री हुनु पर्ने माग गरेका छन ।
साथै राज्यको चौथो अग पत्रकारीता भएपनि श्रमजिवी पत्रकार ऐन लागु नहुनु , पत्रकारहरुको सुरक्षाको ग्यारेन्टी नहुनु जस्ता समस्या रहेको पत्रकारहरुले औल्याएका थिए ।
सरकार संग पत्रकारहरुले श्रमजिवी पत्रकार ऐन, सुरक्षा, प्रेस स्वतन्त्रा तथा पे्रस मैत्री सविधान निर्माण गर्नको लागि स्थापना दिवसको अवसरमा माग समेत गरेका छन् ।















प्रतिक्रिया