६ मंसिर २०८३, आइतबार

तेस्रो विवाह गर्ने वडाध्यक्षलाई एकवर्ष कैद फैसला

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सल्यान, ५ फागुन । सल्यान जिल्लामा तेस्रो बिहे गर्ने एकजना वडाध्यक्षको जोडीलाई अदालतले कैद सजाय सुनाइएको छ ।

बहुविवाह गर्ने बनगाड कुपिण्डे नगरपालिका–९, का वडाध्यक्ष इन्द्रबहादुर कुमाइको जोडीलाई जिल्ला अदालत सल्यानले एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको हो ।

अदालतका स्रेस्तेदार हेमन्त ज्ञवालीका अनुसार न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले वडाध्यक्ष र उनीसँग विवाह गरेकी ग्वामी विष्ट कुमाइलाई एक वर्ष कैद र जनही १० हजार जरिवानाको फैसला गरेको छ ।

वडाध्यक्षका घरमा दुई श्रीमती र ४ छोराछोरी छन् । मंसिर ३ गते बहुविवाह गरेका उनीहरूलाई प्रहरीले मंसिर १९ गते पक्राउ गरेको थियो ।