काठमाडौं । हाम्रो समाजमा छोरी चेलीले इज्जत गुमाउने डरले चाँडै विहे गरिदिने चलन छ । यो सत्य पनि हो । छोरीकै कारण बुवा तथा सम्पूर्ण परिवार नै विस्थापित हुने समस्या हाम्रो समाजमा व्याप्त छ ।
छोरीचेलीको इज्जत गयो भने बाबुआमा जिउदै हुँदा पनि मरे शरह हुन्छन । दक्षिण युरोपको रोमानियामा छोरीले घरपरिवारको इज्जत माटोमा मिलाउदा बुवाले आत्महत्याको बाटो राजेका छन् ।
छोरीको नग्न फोटो पत्रिकामा प्रकाशित भएपछी बद्नामी सहन नसकेर बुबाले जीवनको अन्तिम विकल्प आत्महत्या रोजेका हुन् ।
लोरेन्डाना चिभु नामकी युवतीको निर्वस्त्र तस्वीर चर्चित प्लेब्वाय म्यागेजिनमा छापिएको थियो ।
उनले यो भन्दा पहिले पनि इन्साग्राममा कैयन् अर्धनग्न तस्वीर राख्ने गरेकी आफ्नी छोरीसँग राम्रै सम्बन्ध थियो तर पछिल्लो समयको यो घटनाले बुबालाई समाजले नराम्रो मानसिक चोट जनाइएको छ ।
मानसिक तनाव थेग्न नसकेर बाबुले मुक्तिको बाटो भन्दै प्राण त्याग गरेका हुन् । पत्रिकामा नग्न फोटो छापिएपछि उनी र उनको बाबु बीच बोलचाल समेत बन्द भएको थियो ।
उनी आफ्नो कामले बाबु रिसाएपछि माफी माग्ने सुरमा थिईन तर यो पुरा हुन नपाइ उनको बाबुले आत्महत्या गरे । एजेन्सी













प्रतिक्रिया