
काठमाडौँ, ३० माघ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवम् मुस्लिम विभागका इन्चार्ज इस्लाम हवारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहमा प्रवेश गरेका छन् ।
हवारीलाई प्रधानमन्त्री एवम् नेकपा आली समूहका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा स्वागत गरेका हुन् । उनी नेकपा नेता प्रभु साहमार्फत पार्टीमा प्रवेश गरेका हुन् ।
यसअघि जसपाका अर्का केन्द्रीय सदस्य डा. शिवजी यादव पनि नेकपामा प्रवेश गरेका थिए ।
त्यस्तै, स्रोतका अनुसार जसपाका अन्य नेताहरु पनि ओली नेतृत्वको नेकपामा प्रवेश गर्ने बुझिएको छ ।














प्रतिक्रिया