१२ कार्तिक २०८३, बिहिबार

स्टार्टअप आइडिया पठाउन बागमती प्रदेश र राष्ट्रिय वाणिज्य बैंकको आग्रह

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० माघ । मंसिर २४ गतेबाट सुरु भएको स्टार्टअप आइडिया कलकार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले आग्रह गरेका छन् ।

भक्तपुरमा रहेको समृद्धी कलेजको सह आयोजनामा वागमती प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष कँडेलले सरकारले बैंक, वित्तीय संस्था र निजि क्षेत्रको नेतृत्वमा युवाहरुलाई उद्यमी बनाउने नीति लिएको उल्लेख गर्दै अवसरको सहि सदुयोग गर्न आग्रह गरे ।

योजना आयोगले समृद्ध नेपाल निमार्णका लागि युवा उद्यमशीलतालाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्दै युवाहरुलाई चुनौतीसँग नडराउन आग्रह गरे ।

सोहि कार्यक्रमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गाना, राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र विशाल फाउण्डेशनका अध्यक्ष नरेश प्रसाद श्रेष्ठले स्टार्टअप आइडियाहरुलाई संरक्षण र प्रोत्साहनकै लागि पुर्ण प्याकेजको रुपमा यो आइडिया कलकार्यक्रम अघि बढेकाले यसमा आइडिया पठाउन र उद्यमी बन्न आग्रह गरे ।

काठमाडौं, भक्तपुर र ललीतपुर जिल्लामा स्टार्टअप कम्पनी सञ्चालन गरिरहेका, उद्यम सञ्चालन गर्न खोजीरहेका र विभिन्न कलेजका व्यवस्थापन र आइटी पढ्दै गरेका करिव १५० जना युवाहरुलाई वल्र्ड लिंकका अध्यक्ष एवं युवा उद्यमी दिलिप अग्रवाल, ई कमर्स संस्तो डिलका संस्थापक अमुन थापा, महिला उद्यमी महासंघका उपाध्यक्ष दर्शना श्रेष्ठ, वरिष्ठ महिला उद्यमी स्याम बदन श्रेष्ठ, कृषि विकास बैंकका अध्यक्ष लक्ष्मी प्रपन्न निरौला, समृद्धी कलेजका प्रिन्सीपल सन्दीप श्रेष्ठलगायतले विभिन्न सेसनमा युवाहरुलाई हौसला प्रदान गरेका थिए ।

हालसम्म ४ सय जना युवाहरुले स्टार्टअप आइडिया कल (www.startupideacall.org) मा प्रस्ताव पठाएको जानकारी गराउँदै स्टार्टअप आइडिया कल कार्यक्रमका संयोजक विशाल गैरेले माघ मसान्तसम्म आइडिया पठाउने युवाहरुलाई निःशुल्क तालिम र सहुलियतपूर्ण कर्जाका लागि आयोजकहरुले सहजीकरण गर्ने बताए ।

युवा उद्यमी प्रवद्र्धन कार्यक्रम अन्तगर्त बागमती प्रदेशभित्र उद्यम सञ्चालन गर्न चाहने देशभरका युवाहरु लक्षित गरेर आइडिया कल कार्यक्रम सञ्चालन गरिएको आयोजकको भनाई रहेको छ ।