३० आश्विन २०८३, शुक्रबार

धादिङमा यात्रुबाहक बस एकआपसमा ठोक्किदा चार जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गजुरी (धादिङ), १६ चैत । पृथ्वी राजमार्गअन्तर्गत धादिङको जोगीमारा गाउँ विकास समिति- ९ स्थित खटौतीखोला नजिकै आज बिहान दुई गाडी एकापसमा ठक्कर खाँदा चार जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

प्रहरी नायब उपरीक्षक प्रकाश मल्लका अनुसार मृत्यु हुनेमा माइक्रो बसका चालकसहित विदेशी पर्यटक रहेका छन् । मृतक कसैको पनि सनाखत भएको छैन । काठमाडौँबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु१ख ९५९३ नम्बरको यात्रुबाहक बस र पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको बा१प १०२८ नम्बरको पर्यटकीय माइक्रोबस एकापसमा ठोक्किएर सो दुर्घटना भएको हो ।

दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइतेको गजुरी र मलेखुस्थित अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनस्थलमा पानी परिरहेकाले उद्धार कार्यमा मा कठिनाइ भइरहेको बताइएको छ । रासस