२९ आश्विन २०८३, बिहिबार

अब ‘किङ्ग डाइरेक्टर’ बन्दैछन् शाहरुख खान !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shahrukh (1) काठमाडौं । बलिउडका वादशाह ‘किङ्ग’ अभिनेता शाहरुख खान अब निर्देशक बन्ने भएका छन् ।

चलचित्र फैन को शुटिङका क्रममा लण्डन पुगेका अभिनेता शाहरुखले आफू निर्देशक बन्न लागेको खुलासा गरेका हुन् । भारतको जी टेलिभिजनको २० औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले चलचित्रको विस्तार तथा देखाउने प्रमुख माध्यम टेलिभिजन नै भएको बताएका छन् ।

उनले समारोहमा आफ्नो निर्देशनक बन्ने चाहना रहेको खुलासा गरेका हुन् । तर भविष्यमा सफल निर्देशक बन्ने उनको योजना रहेको छ । साथै टेलिभिजनमा पनि निरन्तर काम गर्ने उनले घोषणा गरेका छन् ।

shahrukhशाहरखले भनेका छन्-‘एक फिल्मकार र निर्माताको रुपमा कुनै चलचित्र निर्देशन गर्न मेरो विचारमा टेलीभिजन राम्रो माध्यम बन्न सक्छ ।’ टेलिभिजनमा काम गर्ने जो सुकैलाई पनि निर्देशन गर्न सहज हुने उनको धारणा छ ।

‘इंडिया पूछेगा सबसे शाणा कौन’ टेलि सिरियल चलाउँदै आएका शाहरुखले टेलिभिजनले कथा कहानीलाई उजागर गर्न मद्दत पुर्‍याउने बताए । मलाई लाग्छ, मैले टेलिभिजनमा कार्यक्रम चलाउनु राम्रो कदम हो । यो नै मेरो भविष्य हो ।’ एजेन्सी