
काठमाडौँ, २८ माघ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २/२ रुपैयाँले बढाएको छ भने खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँले वृद्धि गरेको छ ।
बढेको मूल्य वुधबार राती १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।
योसँगै काठमाडौं उपत्यकामा पेट्रोल १ सय १२ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ९५ रुपैयाँ पुगेको छ ।
एलपी ग्यासको मूल्य बढेसँगै प्रति सिलिन्डर १ हजार ४ सय रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले भाउ बढाउनु परेको निगमले जनाएको छ । मूल्य बढाएर कारोबार गर्दा पनि निगम नोक्सानकै अवस्थामा रहेको पनि निगमले जनाएको छ ।















प्रतिक्रिया