१२ कार्तिक २०८३, बिहिबार

वुधबार १३४ जनामा कोरोना, ११८ जना निको

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब ३ हजारको परीक्षण गर्दा गत २४ घण्टामा थप १ सय ३४ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ३ सय ४९ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १ सय १८ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ६८ हजार ५ सय ४९ जना पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ५३ जना रहेको छ ।

यससँगै हालसम्म मृत्यु हुनेको संख्या २ हजार ४७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २१ लाख ४ हजार ६ सय २६ जनाको पीसीआर परीक्षण भइसकेको छ ।