![]()
-एसपी उप्रेती
काठमाडौँ, २८ माघ । सरकारको विरोधमा नेकपा प्रचण्ड माधव समूहले काठमाडौँमा आमसभा गरेको छ ।
उपत्यका बाहिरका दर्जनौँ जिल्लाबाट नेता कार्यकर्ताहरुलाई ल्याएर गरिएको सभामा मानिसहरुको उल्लेख्य उपस्थिति रहेको थियो । आयोजकले सभामा लाखौँको सहभागी रहेको दावी गरेको छ ।
विभिन्न नेताहरुले सरकारको कदमविरुद्ध अभिव्यक्ति दिँदै सम्बोधन गरेका थिए । देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका कारण सत्तारुढ नेकपा दुई ध्रुवमा विभाजित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ जनादेशका लागि संसद विघटन गरेर निर्वाचनको घोषण गरेपछि राजनीतिक वातावरण पृथक बन्न पुगेको छ । उता प्रचण्ड माधव समूहले नियमित विरोध कार्यक्रम गर्दै आएका छन् भने अन्य दलहरु निर्वाचनको पक्षमा देखिएका छन् ।
त्यसैगरी, सरकारले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको यो अवस्थामा भएका विरोधलाई जनताले कसरी लिन्छन् भन्ने कुराको बहस पनि हुन थालेको छ ।
खास राजनीतिक मुद्दा, जनताका एजेण्डा कसैले पनि नबोकेको देखिएका यस्ता सभाहरुले देशलाई कता लैजान्छन् भन्ने अर्को प्रमुख विषयमा पनि गम्भीर रुपमा देखिन थालेको छ ।
पुन प्रतिनिधिसभा स्थापना गरेर कसैलाई हटाउने अनि कसैलाई प्रधानमन्त्री बनाउनकै लागि भइरहेका यस्ता कार्यक्रमको पक्षमा जनता उभिने कि नयाँ जनादेशमा टेकेर आफ्ना मुद्दाहरु जनता समक्षा पुर्याउने भन्नेबारे राजनीतिक दलहरु स्पष्ट छैनन् । हेर्दा लाग्छ केवल विरोधका लागि विरोध र कुनै पदका लागि लुप्त देखिन्छन् अक्सर नेताहरु ।
हुन त संसद विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई विचाराधीन छ । करिब सबै दलले अदालतको फैसलालाई स्वीकार गर्ने बताउँदै आएका छन् ।
भिडियाे:
https://www.youtube.com/watch?v=OolXXqMnBYM






















प्रतिक्रिया