
काठमाडौँ, २८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्ट डराउने र निर्दोष नडराउने बताएका छन् ।
प्रधानमन्त्री ओलीले आयोगले स्वतन्त्ररुपमा सत्य, तथ्यका आधारमा निस्पक्ष काम गर्नुपर्ने बताउँदै उनले निर्दोषहरुले नडराउनुपर्ने बताएका हुन् ।
वुधबार ३० औँ अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै ओलीले भ्रष्टहरु आयोगबाट डराउने तथा निर्दोषहरु खुशी हुने, नडराउने बताए ।
सो अवसरमा प्रधानमन्त्री ओलीले आयोगले कुनैपनि व्यक्ति वा संस्थाको विरुद्ध काम कारवाही अघि बढाउँदा अदालतमा मुद्दा दायर गर्नुपूर्व नै सो व्यक्ति वा संस्थाको यर्थाथता बुझ्नु पर्ने र खराब भए मात्र कारबाही प्रक्रिया अघि बढ्नु पर्ने बताए ।
‘अख्तियारबाट भ्रष्ट अपराधी डराउने हो, निर्दोष होइन । कसैले गलत गरेको छ भने उ मात्र कारबाहीको भागिदार हुन्छ । तर निर्दोष होइन । यस्तो अबस्थामा आयोग चनाखो हुन जरुरी छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि कुनै व्यक्तिको विरुद्ध मुद्दा दर्ता गर्दैगर्दा आयोगले अदालतमा मुद्दा दायर गर्नु पूर्व नै सोचोस् ।’
आयोगले निष्पक्ष रुपमा काम गर्दा सरकारबाट कुनै किसिमको हस्तक्षेप नहुने पनि ओलीले स्पष्ट पारे । ‘आयोग निस्पक्ष रुपमा काम गर्न स्वतन्त्र छ । आयोगको कुनैपनि काम कारबाहीमा सरकारको कुनैपनि खालको हस्तक्षेप हुँदैन, गर्दैन पनि । सबै स्वायत्त निकायहरु स्वतन्त्र रुपमा काम गर्न स्वतन्त्र छन् । यो सरकारको नीति पनि हो ।
तर यी निकायहरु संविधान र कानुन प्रति जवाफदेही होस् । मुलुक र जनतालाई शिरमा राखेर काम गरुन्, यसमा सरकारको कुनै प्रकारको हस्तक्षप हुँन । यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयागलाई विना डर, त्रास निर्धक्क भएर काम गर्न आग्रह गर्छु’ प्रधानमन्त्री ओली भने ।
त्यस्तै, पहिले आयोगले जिम्मेवारी पूरा गर्ने भन्दा पनि स्वार्थपूर्तिका लागि काम गरेको बताउँदै प्रधानमन्त्री ओलीले विश्व सामु साख नगिर्ने गरी आयोग काम गर्नुपर्ने उनको भनाइ छ ।
भ्रष्टाचार तथा अनियमितता जस्ता गलत प्रवृति नियन्त्रण गर्नकै लागि सरकारले नागरिक एपजस्ता प्रविधि अघि सारेको उनले समेत बताए ।














प्रतिक्रिया