२८ आश्विन २०८३, बुधबार

प्रेमीको आदेशमा स्वास्नीले लोग्नेको मुखमा एसिड फालेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

acid-attack4काठमाडौं । केही दिनअगाडी काठमाडौंमा भएको एसिड काण्ड सेलाउन पाएको छैन् । यो घटनाको जताततै चर्चा भयो । टिकाटिप्पणी भए । अपराधी पत्ता लगाउन पनि समय लाग्यो ।

यो घटनाको प्रभाव भारतसम्म प¥यो । काठमाडौंको एसिड काण्ड भएको १ महिना वित्न नपाउँदै फेरि एसिड आक्रमण भएको छ । लोग्ने स्वास्नीबीच झगडा हुँदा यस्तो घटना निम्तिएको हो ।

भारतको राजधानी नयाँ दिल्लीमा स्वास्नीले लोग्नेमाथि एसिड आक्रमण गरेकी छिन् । लोग्ने नभएको मौकामा अर्कैको मायाजालमा फसेकी किरणले आफ्नै लोग्नेको मुखमा एसिड फोलेकी हुन् । एसिड आक्रमणबाट रविन्द्रको मुख पुरै जलेको छ ।

एसिड आक्रमण गरी उनकी स्वास्नी प्रमेकी सहित फरार भएकी थिईन् । एसिडले पोलेपछि चिच्याएको सुनेर गाउले रविन्द्रलाई अस्पताल पुर्‍याएका थिए ।

प्रहरीका अनुसार उनकी स्वास्नी किरणले छिमेकी विक्रमसँग मिलेर एसिड आक्रमण गरेका हुन् । किरण र रविन्द्रबीच सम्बन्धका विषयमा बेला बेला झगडा हुँदै आइरहेको थियो । प्रहरीले थप अनुसन्धान थालेको छ । एजेन्सी