
काठमाडौँ, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओली निर्वाचन आयोगको कार्यलयबाट राष्ट्रपति विद्योदवी भण्डारीलाई भेट्न मंगलबार दिउँसो शीतल निवास पुगेका थिए ।
प्रधानमन्त्री ओली मन्त्रिपरिषदको बैठकले गरेको निर्णयबारे जानकारी दिन राष्ट्रपति भण्डारीलाई भेट्न पुगेका जनाइएको छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकले वैशाख १७ गते ४० र २७ गते ३७ जिल्लामा चुनाव गर्ने निर्णय गरेको थियो ।















प्रतिक्रिया