
काठमाडौँ, २७ माघ । सरकारले सोनाम ल्होसारका अवसरमा माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले माघ ३० गते सोनाम ल्होसारका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
सरकारले ३ वर्षअघि ल्होसार लगायत केही सार्वजनिक विदाहरु कटौती गरेको थियो । सरोकारवालाहरुले विदा कटौती नगर्न आग्रह गर्दै आएका थिए ।
नेपाल तामाङ घेदुङले सरकारले तामाङ समुदायको राष्ट्रिय पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेकोमा स्वागत गरेको छ ।















प्रतिक्रिया