काठमाडौं,१६ चैत । टेक्नोलोजीको दुनियाँमा नम्बर वान कम्पनी एप्पलले नयाँ आइफोन सार्वजनिक गर्दै छ । सन् २०१५ भित्रै आइफोन प्रेमीलाई सरप्राइज प्याकेज दिन एप्पलले नयाँ आइफोन बजारमा ल्याउन लागेको हो ।
जसअनुसार एप्पलले ३ वटा फरक फरक व्राण्डका मोबाइल बजारमा ल्याउँदै छ । एप्पलले आईफोन ६S आईफोन ६+S र एक बजट स्मार्टफोन आईफोन ६ लाई यस वर्ष लञ्च गर्दैछ ।
एक वेबसाइटको रिपोर्ट्सका अनुसार आईफोन ६C पॉलिकार्बोनेट स्ट्रक्चरको हुनेछ । यो व्राण्ड कलरफुल आईफोन ६C जस्तै हुनेछ । यसको डिस्प्ले ४ इञ्च रहने छ । जबकि आईफोन ६ को डिस्प्ले ४.७ इञ्च थियो ।
रिपोर्ट्सले बताए अनुसार केही लोवर स्पेसिफिकेशनको साथै यसमा एप्पलको डिजिटल पे सिस्टम एप्पल-पे सपोर्टिवको सुविधा हुनेछ । जसबाट विभिन्न व्यपारिक प्रयोजनमा भुक्तानी गर्न सहज हुनेछ ।
एप्पलले आफ्नो क्यामेराका लागि ‘डिजिटल कैमरा विद लाइट’ नयाँ प्रविधि समेत ल्याएको छ । जसले एप्पल डिवाइसलाई ३-प्रिज्म सेन्सरले बेस्ट मोडलको सुविधा दिनेछ । क्यामेराको स्पष्टता सबैभन्दा बढी हुनेछ । एजेन्सी















प्रतिक्रिया