२९ आश्विन २०८३, बिहिबार

नेपाली युवा जीवन तिवारी अमेरिकी संसदमा पुग्ने निश्चित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jevaan-tiwari– विजय थापा

वाशिंगटन डिसी, अमेरिका । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको तल्लो सदन ‘हाउस अफ डेलिगेट’का डेमोक्र्याटिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका नेपाली मुलका जीवन तिवारी डेमोक्र्याटिक पार्टीका आधिकारिक उम्मेदवार घोषित भएका छन् ।

डेमोक्र्याटिक पार्टीको आधिकारिक प्रेस बिज्ञप्ति अनुसार तिवारी आधिकारिक उम्मेदवार भएको उल्लेख गरेको छ । उनले आगामी जुन ९ मा हुने प्राथमिक चरणको निर्वाचन नलड्नु पर्ने भएको छ ।

तिवारीले भर्जिनियाको निर्वाचन क्षेत्र ८७ बाट हाउस अफ डेलिगेटका उम्मेदवार हुन् भने तिवारीको नाममा दलको तर्फ सर्बसम्मत जुटेको छ ।

उक्त क्षेत्र रिपब्लिकन पार्टीका उम्मेदवारले पहिलो निर्वाचनमा करिब ५० मतको फरक र दोस्रो निर्वाचनमा १ सय ८७ मतले जितेका थिए । उक्त निर्वाचन क्षेत्र वाशिंगटन डिसी महानगर क्षेत्र वरपरका अन्य निर्वाचन क्षेत्र भन्दा अत्यन्तै प्रतिस्पर्धात्मक क्षेत्र मानिन्छ ।

तिवारीले औपचारिक रुपमा उम्मेदवारीको घोषणा छिट्टै गर्ने भएका छन् भने उनले उठाएका शिक्षा, स्वास्थ्य, आवास, विविधता आप्रवासन मुद्दाहरु निकै लोकप्रिय हुदै गएको छ ।

तिवारीको नाममा डेमोक्र्याटिक पार्टी भित्र सर्बसम्मत बने पछि आगामी जुन ९ मा हुने प्राथमिक चरणको निर्वाचनमा चुनाब नलड्ने भएपछि तिवारीले आगामी नोभेम्बरमा ३ मा मात्र अन्तिम चरणको निर्वाचनमा रिपब्लिकन दलसंग प्रतिस्पर्धा गर्नुपर्ने छ ।