
काठमाडौँ, २५ माघ । कर्णालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
आइतबार सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचाररत वीरेन्द्रनगर नगरपालिका–६ की ६१ वर्षीया महिलाको मृत्यु भएको हो । माघ १५ गते संक्रमण पुष्टि भएको उनको आइतबार साढे ४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनलाई १८ गते प्रदेश अस्पतालको कोभिड उपचार कक्षमा भर्ना गरिएको थियो । उनलाई यसअघि उच्च रक्तचाप, मधुमेह तथा मुटु सम्बन्धी रोग रहेको अस्पतालले जनाएको छ । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।















प्रतिक्रिया