१२ कार्तिक २०८३, बिहिबार

सभामुख सापकोटाको रिटमा कारण देखाउ आदेश जारी

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ माघ । सर्वोच्च अदालतले संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध सभामुख अग्नि प्रसाद सापकोटाले दायर गरेको रिटमा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ ।

आइतबार न्यायाधीश प्रकाश कुमार ढुंगानाका इजलासले सापकोटाले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै सरकारलाई कारण देखाउ आदेश जारी गरेको हो ।

सो रिटमा निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, शम्भु थापा, कृष्ण प्रसाद पन्त र गोविन्द बन्दीले बहस गरेका थिए ।

सभामुख आफै संवैधानिक परिषदको सदस्य रहने व्यवस्था छ । सभामुख सापकोटाले संवैधानिक नियुक्तिविरुद्ध राष्ट्रपति, प्रधानमन्त्री लगायतलाई विपक्षी बनाएर रिट निवेदन दिएका हुन् । परिषद्को सिफारिस, नियुक्ति र नियुक्ति पाएकाहरुको कामकारवाही बदरको माग गर्दै सभामुखले अन्तरिम आदेशको माग गरेका थिए ।