
काठमाडौँ, २५ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब ३५ सयको परीक्षण गर्दा गत २४ घण्टामा थप १ सय १९ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ९ सय ८५ जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप २ सय ६० जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ६८ हजार ७२ जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ हजार ८ सय १५ जना रहेको छ ।
२४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या २ हजार ३८ जना पुगेको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा २० लाख ९३ हजार ४ सय १७ जनाको पीसीआर परीक्षण भइसकेको छ ।















प्रतिक्रिया