३ कार्तिक २०८३, मंगलबार

हिंसापीडित महिलामा नागरिकताको समस्या

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, १६ चैत । हिंसापीडित महिलामा वढी नागरिकताविहीनको समस्या रहेको विराटनगरमा आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

नागरिकताविहीन हिंसापीडितलाई न्याय दिलाउन समस्या हुने गरेको उनीहरुको भनाइ छ ।

महिला कानुन र विकास मञ्च विराटनगर र क्रियाशील पत्रकार महिला मोरङले संयुक्त रुपमा आयोजनाा गरेको ‘नेपालमा नागरिकताविहीन अनुमानित तथ्याङ्क’ विषयक अन्तरक्रिया कार्यक्रममा एमाले केन्द्रीय सदस्य डा शिवमायाँ तुम्वाहाम्फेले नागरिकताविहीन हुँदा महिलाले कानुनी लडाइँ लड्न नसकेको बताउनुभयो ।

नागरिकताविहीनको तथ्याङ्कबाहिर ल्याउन उहाँले सरकारसँग आग्रह गर्नुभयो ।

महिला तथा बालबालिका कार्यालय मोरङकी प्रमुख महेश्वरी विष्टले हिंसापीडित महिला बढी नागरिकताविहीन भएको बताउनुभयो ।

उहाँले भन्नुभयो–“हिंसामा प-यौँ भनेर आउनेहरुमध्ये धेरैमा नागरिकता नै हुँदैन ।”