तनहुँ, १५ चैत । विगत तीन बर्षदेखि दमौलीमा सञ्चालित स्मार्ट एफएम ८९.४ मेगाहर्जको प्रथम साधारण सभा एवं अधिवेशन सम्पन्न भएको छ ।
एफएमका अध्यक्ष वंशीकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित साधारणसभाको उद्घाटन वरिष्ट पत्रकार एवं प्रधानमन्त्रीका पूर्व सल्लाहकार तथा पूर्वमन्त्री रघुजी पन्तले गर्नुभएको थियो ।
सभाको उद्घाटन गर्दै प्रमुख अतिथि पन्तले प्रेस स्वतन्त्रता नै आजको आवश्यकता भएको बताउनुभएको थियो । उहाँले एफ.एम रेडियोले उत्कृष्ट कार्यक्रम प्रशारणमा जोड दिई स्रोताहरुको अत्यधिक मन जित्न सकेमा आर्थिक र सामाजिक दुबै हिसाबले सफल हुने बताउदै सबै बर्ग, जातजातिको आवाज उठाउनु पर्नेमा जोड दिनुभएको थियो ।
यस्तै कार्यक्रमका बिशिष्ट अतिथिमा नेकपा एमाले बैकल्पिक केन्द्रिय सदस्य प्रतापलाल श्रेष्ठले तनहुँका एफएम रेडियोहरुको उन्नती तथा बचाइ राख्नको लागी सबै एफएम मिलेर सगंठित भई अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उक्त कार्यक्रममा विभिन्न क्षेत्र तथा संस्थासगँ सम्बन्धित व्यक्तित्वहरुले समाज परिबर्तनमा सञ्चार क्षेत्रको महत्वका बारेमा बोल्नुभएको थियो । एफएम सञ्चालक समितिका अध्यक्ष बशींकुमार श्रेष्ठ, सचिब श्रीराम कार्की र कोषाध्यक्ष ताराराम श्रेष्ठले आ–आफ्नो प्रतिबेदन सो सभामा पेस गर्नुभएको थियो ।
स्मार्ट एफ. एममा सर्बाधिक शेयर राख्नुहुने व्यास ११ निबासी विना अधिकारीलाई खादा ओडाई सम्मान गरिएको थियो । यस्तै शकंरनारायण श्रेष्ठ, कृष्ण कुमार श्रेष्ठ किसान, तारालाल मल्ल, श्रीराम कार्की, रेखीमाया आले, बशींकुमार श्रेष्ठ, तुलसीराम पाण्डे, बिष्णु कुमार थापा लाई पनि सम्मान गरिएको थियो ।
यसैबीच शनिबारै सम्पन्न स्मार्ट एफ. एम ८९.४ मेगाहर्जको प्रथम अधिवेशनले नयाँ कार्य समिति समेत सर्बसम्मत चयन गरेको छ । नब गठित कार्यसमितिको अध्यक्षमा बेलबहादुर अधिकारीलाई चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा तारालाल मल्ल र बालहरी अधिकारी, सचिबमा श्रीराम कार्की, सहसचिबमा हर्षमान श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्र श्रेष्ठलाई चयन गरिएको छ । यसैगरि समितिको सदस्यहरुमा भगवान थापा क्षेत्री, मन्सुर अहमद, रमेश कुमार श्रेष्ठ, नेत्र रानाभाट, आरके पोखरेल, बाबुराम रानाभाट, टिकाराम दाहाल, दिनेश खनाल र हरि बहादुर पौडेल रहनुभएको छ ।
त्यस्तै एफएमको संरक्षकमा प्रतापलाल श्रेष्ठ, शंकरनारायण श्रेष्ठ र मंगलप्रसाद श्रेष्ठलाई चयन गरिएको छ भने सल्लाहकारहरुमा निवर्तमान अध्यक्ष बंशीकुमार श्रेष्ठ, तुलसीराम पाण्डे, ताराराम श्रेष्ठ, कला पुन, बसुन्धरा घर्ती, अर्जुनप्रसाद नागिला, बम बहादुर पाण्डे लाई चयन गरिएको छ भने कानुनी सल्लाहकारमा अधिवक्ता रामचन्द्र सापकोटालाई चयन गरिएको छ ।















प्रतिक्रिया